२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तपाईँसँग अकुत सम्पत्ति छ ? अब सम्पत्ति शुद्धीकरण बिभागको डर मान्नु पर्दैन

२०७४, ३१ भाद्र शनिबार ०३:२१

भदौ ३१, काठमाडौं । तपाईं करोडौँ सम्पत्तिका मालिक हुनुहुन्छ । कतै यी रकम तथा सम्पत्तिका कारण सम्पत्ति शुद्धीकरणको झमेलामा त फस्ने होइन भनी चिन्तित हुनुहुन्छ ? यदि तपाईंले राम्रो काम गरी रकम आर्जन गर्नुभएको छ भने चिन्ता गर्नुपर्दैन । निर्धक्क भएर आफ्नो व्यवसाय अघि बढाउँदै थप रकम आर्जन गर्न सक्नुहुनेछ ।

यो जानकारी नेपाल चेम्बर अफ कमर्सले शुक्रबार आयोजना गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयको अन्तक्र्रियामा सम्पत्ति शुद्धीकरण विभाग तथा नेपाल राष्ट्र बैंकका अधिकारीले दिएको हो ।

अधिकारीहरुका अनुसार अवैध रुपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रचलन विश्वव्यापी रुपमा बढ्दै गएकाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन विश्वका धेरै मुलुकले सम्पत्ति शुद्धीकरणको कानून बनाई लागू गरेका छन् ।

ती अधिकारीका अनुसार कुनै व्यक्तिलाई आफ्नो खातामा नगद जम्मा गर्न कुनै समस्या छैन, अर्काको खातामा नगद जम्मा गर्नुप¥यो भने परिचयपत्र देखाउनुपर्छ । यो नियन्त्रित प्रणालीले गलत तत्व निरुत्साहित हुन्छ ।

सन् २०११ मा संयुक्त राष्ट्र संघले गरेको एक अध्ययनमा विश्वको कूल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत रकम बराबरको कालो धन रहेको छ । हाल विश्वमा वार्षिक ३०० अर्ब बराबरको मुद्रा अपचलन हुन्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानेका अनुसार भ्रष्टाचार, करछली, लागुऔषध, मानव तस्करी, सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरणजस्ता ३२ अपराध सम्पत्ति शुद्धीकरणभित्र पर्छ । उनले यसरी अकूत सम्पत्ति आर्जन गरी कमाएको पैसा बैंक, घरजग्गा, क्यासिनो, बहुमूल्य धातु खरिदमा प्रयोग गर्ने गरिएको बताए ।

नेपाल सुन चाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर वज्राचार्यले सरकारले सुनचाँदी व्यवसायमा पनि केवाइसी लागू गर्न लागेको कुरा सकारात्मक भएको बताए । उनले संघ अन्तर्गत २० हजार व्यवसायी रहेको र आफूकहाँ सुन खरिद गर्न आउने ग्राहकको पहिचान गर्न कठिन रहेको बताए ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले नेपालमा विसं २०६४ भन्दा अघिसम्म सम्पत्ति शुद्धीकरणको कानून नभएको बताए । उनका अनुसार सन् २००८ मा नेपालमा सुरु भएको सम्पत्ति शुद्धीकरण कानून विश्वमा १९२० देखि नै महत्वपूर्ण कानूनका रुपमा लागू भइसकेको र यसको कारण स्विट्जरल्याण्डजस्ता मुलुक विकास भएको हो ।

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले गलत ढंगले पैसा कमाउने र लुकाउने प्रवृत्ति बढेको भन्दै कानूनको घेराभित्र ल्याएर गलत काम गर्नेलाई दण्ड दिनुपर्ने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ