2026-07-05 08:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध बहस गरेर बाहिरिँदै गर्दा बुधबार काठमाडौँ जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएको घटनाले अहिले निकै चर्चा पाइरहेको छ।

जाहेरवालाका तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीलाई अदालत बाहिर बसेको एक समूहले हातपात गरेको थियो। जतिबेला अदालभित्र थुनछेक आदेश तयारी हुँदै थियो।

पीडित वरिष्ठ अधिवक्ता त्रिपाठीले कसैले नछुटाएको भए आफू मारिने नै खतरा भएको दाबी गरेका छन्।

घटनापछि प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘सुरुमा एउटाले यो टाइ तान्यो। टाइ तानेपछि घाँटी कसिएर मरिन्छ कि जस्तो भयो। तर एकजना कसैले बल्लबल्ल छुटायो। कहाँबाट एकजना आइपुग्यो, जसले मप्रति सहानुभूति राख्दोरैछ। एकजनाले कोटै तान्यो, एउटाले चाहिँ मेरो झोलै लिएर भाग्न थाल्यो।’

उनले आफूलाई आक्रमण गर्ने रास्वपाकै कार्यकर्ता भएको दाबी पनि गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरिसकेको छ।

रास्वपाले भने अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने मानिस आफ्ना कार्यकर्ता भए कारबाही गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै