काठमाडौँ | नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर दुईहजार तीन सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।