काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।