काठमाडौँ | आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सुन आज तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।
आज चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी दुई हजार २९० मा कारोबार भएको थियो ।