काठमाडौँ | सुनचाँदीको मूल्य आज घटेको छ । सुन आज चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य दुई हजार पाँच सय रुपैयाँ थियो ।