काठमाडौँ | जेनी-जीको आन्दोलनपछि पहिलो दिन बिहीबार खुलेको बजारमा नेप्से घटेर दोस्रो पटक सर्किट ब्रेकर लागेको छ । बिहीबार बजार खुलेको पहिलो दुई मिनेटमा नेप्से ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि सेयर कारोबार बन्द गरिएको थियो ।
त्यसपछि ११:२२ मा बजार खुल्यो । बजार खुलेको पहिलो मिनेटमा नेप्से ५ प्रतिशतले घट्यो । त्यसपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि कारोबार रोकिएको छ ।
दोस्रो सर्किट ब्रेकर लाग्दा नेप्से १३३.६१ अंकले घटेर २ हजार ५ सय ३८.६३ विन्दुमा ओर्लेको छ । ४० मिनेटपछि बजार खेल्नेछ । त्यसपछि खुलको बजारमा नेप्से ६ प्रतिशतले बढ्दा आज दिनभरकै लागि सेयर बजार बन्द हुनेछ ।