कमल रावल/असोज ७ अछाम। कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

ब्यावसायीक रुपमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज ७ अछाम। कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

ब्यावसायीक रुपमा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने सरोकारवालाको प्रतिबद्धता

७ आश्विन २०७४, शनिबार ०९:१५


कमल रावल/असोज ७ अछाम। कृषिलाई आम्दानी हुने पेशा बनाउन नितिगत योजनाका साथ अघि बढ्ने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । 

ब्यावसायीक रुपमा कृषि पेशालाई अगाडी बढाउन योजनाका साथ अघि बढ्ने साफेबगर नगरपालिका क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका हुन । रेडियो रामारोशन अछामले संघिय प्रणाली अन्र्तगत निर्वाहमुखी कृषिलाई कसरी मनग्य आम्दानी हुने पेशा बनाउन सकिएला भन्ने बिषयमा गरेको सुदुरसवाल कार्यक्रममा बोल्दै साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले कृषि पेशामा युवालाई आकर्षण गर्न बिशेष योजना यो बर्ष आफुले अघि सारेको बताउनु भयो ।  

युवा समुहलाई कृषिमै ब्यावसायिक बनाई थुप्रै तालिम गरिने बताउनुभयो । साफेबगर क्षेत्रमा कृषिको आधुनिकीकरण संगै पर्यटनको ब्यावसायिकता बढाउनका लागि ठोस योजना अघि सारिएको बताउनु भयो । 

यो आर्थिक बर्षमै साफेबगरमा तरकारी र फलफुलको ठुलो सँकलन केन्द्र बनाई कुनै पनि तरकारी तथा फलफुल खेर नजाओस भनेर शित गृहको ब्यवस्था हुने बताउनुभयो । 

कार्यक्रममा बोल्दै जिल्ला कृषि बिकास कार्यालय अछामका प्राविधीक सहायक रामसिह बोहराले कृषकलाई ब्यावसायिक बनाउनका लागि आफनो कार्यालयले स्थलत, क्षेत्रिय गत तथा केन्द्रीय गत तालिम किसानलाई बर्षेनि दिदै आएको बताउनुभयो । 


अब सकै किसान पुरानो भन्दा नयाँ आधुनिक कृषि सेवा प्रणालीतिर अघि बढनु पर्ने बताएका थिए । आवश्यक तरकारी, अन्नबाली, फलफुलको बिउ जिल्ला कृषि बिकास कार्यालयमा सिमिती मात्रामा उपलब्ध हुने भएकाले सबै किसानलाई पुरयाउन नसकिएको स्विकार गर्नु भएको थियो । साफेबगर नगरपालिका वडा नम्बर २ का अगुवा कृषक सुरत भुलले अगुवा कृषक भएता पनी सम्बन्धीत निकायले अझै पह गर्न नसकेको बताउनुभयो ।

 विगत ४ वर्षदेखि ब्यावसायिक रुपमा बाख्रापालन अग्रसर भएका भुलले किसानका लागि कृषि कार्यालय तथा कृषि बिकास बिकास बैँकले ठोस योजना तथा निति ल्याउनुपर्ने माग गरेका थिए । कार्यक्रममा बोल्दै कृषि बिकास बैँक शाखा कार्यालय साफेबगरका लेखापाल हरि प्रसाद जोशिले कृषकलाई उद्यमशिलता र बिकासशिलतामा अघि बढाउनका लागि नियमित कर्जा प्रवाह गर्दै आएकाले यसको सही सदुपयोग हुनु पर्ने बताउनुभयो । 

बैँकको ३० प्रतिशत भन्दा बढी कृषककै क्षेत्रमा लगानि गरिने भएकाले आवश्यक कर्जाका लागि सहयोग माग्न समेत कृषकलाई आग्रह गरेका थिए । कार्यक्रममा सहभागि नवाठाना, बैजनाथ, जाल्पादेवि क्षेत्रका अगुवा कृषकले आफुले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाएका गुनासो गरेका थिए । समयमै विउ विजन, मल लगाएतका सामाग्री पाउन नसकेकाले आफुलाई समस्या भएको बताएका थिए । 

आगामि दिनमा नगरपालिकाले योजनाका साथ अघि बढेमा जिल्लालाई नै पुग्ने गरि तरकारी उत्पादन गर्न सकीने प्रतिबद्धता जनाएका थिए । सुदुरसवालको पुरा भाग शनिवार राति सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे रेडियो रामारोशनबाट सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…