2026-10-03 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक २८ अङ्ककले बढ्यो

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ०५, विकास बैंक समूह दुई दशमलव ७० र होटल तथा पर्यटन समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६७, वित्त शून्य दशमलव ८३, जीवन बीमा शून्य दशमलव ४९, जलविद्युत् एक दशमलव १४, लगानी एक दशमलव २५, लघुवित्त शून्य दशमलव ५३, म्युचुअल फण्ड शून्य दशमलव ४३, निर्जीवन बीमा शून्य दशमलव ५७, व्यापार शून्य दशमलव २२ र अन्य समूह शून्य दशमलव शून्य दशमलव ७३ प्रतिशतले बढेको छ ।

सागर डिस्टिलरी लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रीटेक एन्डस्ट्रीज लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर दुई दशमलव ४९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको रु ३८ करोड ६९ लाख ५० हजार ३४७ बराबरको छ लाख २२ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने