Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको ४ हजार ८८० रुपैयाँ तोकिएको छ ।