Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ ०८ गते, बिहान ११:०६ बजे
अर्थ/विकास

सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा सुनको मूल्यले बुधबार फेरि नयाँ किर्तीमान बनाएको छ । आज एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको यो पनि मूल्य हालसम्मकै उच्च हो ।