Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुन मुल्य तोलाको ३ लाख नाघ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ९ हजार २ सयले बढेर तोलाको ३ लाख एक हजार ४०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३२० रुपैयाँले बढेर तोलाको ६१९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५८७० रुपैयाँमा कारोबार भएको थियो ।