Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ २७ गते, बिहान ११:१० बजे
अर्थ/विकास

सुनचाँदीको मूल्य बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २४० रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५०० रुपैयाँ रहेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य २४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।