२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

२०८२, ४ फाल्गुन सोमबार १६:२४

काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव ४३ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैंक समूह शून्य दशमलव ०५, विकास बैंक शून्य दशमलव ४६, जलविद्युत् एक दशमलव ०२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ४५, लघुवित्त शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २१, निर्जीवन बीमा शून्य दशमलव ४६, व्यापार शून्य दशमलव ६८ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी