2026-10-01 09:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ | मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा बन्द भएको छ। नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ७ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार ८ अर्ब ३६ करोड रूपैयाँमा पुगेको छ।

यसदिन ३५४ वटा धितोपत्रको दुई करोड पाँच लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २१४ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्। यसदिन साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३६३ रूपैयाँ कायम भएको छ।

यस्तै, सुपर माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७३१ रूपैयाँ १० पैसा पुगेको छ। यसैगरी, खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ। उक्त कम्पनीको मूल्य ९.३८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९० रूपैयाँ पुगेको छ।

यस्तै, सिटिजन सम्मुनत योजनाको मूल्य ८.३० प्रतिशतले घटेर कित्ता इकाई मूल्य ९ रूपैयाँ १७ पैसा कायम भएको छ। मंगलबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३२४ रूपैयाँमा ५३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.५२ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आखुँखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३७३ रूपैयाँमा ४४ करोड ५२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता