Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | बुधबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।