2026-10-21 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ९२ प्रतिशतको गिरावट हो ।

आज ३४५ कम्पनीको तीन करोड सात लाख ९० हजार २११ कित्ता शेयर एक लाख दुई हजार ७५९ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव ६१, विकास बैङ्क शून्य दशमलव ८४, वित्त शून्य दशमलव ७१, होटल तथा पर्यटन शून्य दशमलव २६, जलविद्युत् शून्य दशमलव ६१, लगानी एक दशमलव ५२ र जीवन बिमा समूह शून्य दशमलव ९४ प्रतिशतले घटेको छ । लघुवित्त शून्य दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव ४५, व्यापार एक दशमलव ०९ र अन्य समूह एक दशमलव ०९ प्रतिशतले घटेको छ ।

सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिद्धार्थ इक्विटी फन्डको शेयर मूल्य चार दशमलव ३९ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका रु ६८ करोड ७७ लाख २४ हजार ७६१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको २२ लाख ७२ हजार २४५ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ