३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटका गाउँमा बैंक नहुँदा स्थानीय तह समस्यामा

१७ पुष २०७४, सोमबार १५:२०

पुस १७, कालीकोट । कालिकोट सदरमुकाम मान्ममा आधा दर्जन बैंक तथा वित्तीय संस्था रहेको कालिकोटका ग्रामीण भेगमा बैंक नहुँदा स्थानीय तह समस्यामा छन्। 

सरकारले सबै तहमा बैंक पु¥याउने भने पनि भौतिक पूर्वाधारको कमी र भरपर्दो सुरक्षाको अभावमा बैंक गाउँ नगएका हुन्। सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको १ नं वडामा मात्र २ सरकारी, ४ नीजि र २ वित्तीय कारोबार गर्ने आईएमई छन्।

५ वटा सहकारीले पनि बचत संकलन गरिरहेको छन्। मान्म बाहिर जुम्लाको सिमानामा रहेको नाग्म बजारमा इन्भेस्टमेन्ट बैंकको शाखा रहे पनि अन्यत्र कतै बैंक छैनन्। बैंक नहुँदा सबै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता नगद कारोबार गर्न सदरमुकाम मान्म आउन बाध्य छन् । बैंककै कारण यहाँका सबैजसो स्थानीय तहका जनप्रतिनिधिहरूले सदरमुकाममै अस्थायी कार्यालय बनाएका छन्।

गाउँमा बैंक नहुँदा स्थानीयलाई सास्ती भएको सुनाउँदै रकम लैजान असुरक्षाका कारण डराउनुपर्ने अवस्था छ। ६ वर्षअघि सदरमुकामबाट योजनाको १२ लाख रकम लिएर गाउँ जाने क्रममा धौलागोहमा उपभोक्ता समितिकै व्यक्तिले साथीलाई भीरबाट खसालेर रकम लुट्ने असफल प्रयास गरेका थिए। सशस्त्र द्वन्द्व र सडक नहुँदासम्म राष्ट्रिय वाणिज्य बैंकले मात्र नगद कारोबार गर्ने कालिकोटमा हाल कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएई बैंक, टुरिजम डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंकले मान्ममा सेवा प्रवाह गरिरहेका छन् ।

यहाँको रास्कोट र तिलागुफा नगरपालिका पनि बैंकिङ कारोबारका लागि खाँडाचक्र नगरपालिकामा रहेको मान्म बजार पुग्न बाध्य छन्। विकटमा पर्ने पलाता, सान्नी त्रिवेणी, नरहरिनाथ, कालिका र महाबै गाउँपालिकामा पनि एउटै बैंक छैन।

बैंक गाउँ जाने भने पनि अहिलेसम्म कुनै सुरसार नभएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्मरबहादुर शाही डीबीले बताए। उनले बैंक अभावमा योजना कार्यान्वयन गर्न र जनतालाई सेवा दिन कठिनाइ भएको सुनाए। गाउँमा बैंक नहुँदा नगद कारोबार गर्न कठिनाइ भएको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन्।

उनको गाउँपालिकामा साविकका लालु, माल्कोट, रुप्सा, कुमालगाउँ र कोटवाडा गाविस पर्छन्। ‘गाउँमा बैंक छैनन्’ बुढाले भनिन्, ‘सानोतिनो कामका लागि पनि सदरमुकाम जानुपर्दा खर्च बढी हुने गरेको छ।’ 

उनले बैंकिङ शाखा विस्तारका लागि सानिमा बैंक र गाउँपालिकाबीच सहमति भए पनि सुरक्षा र यातायात नहुँदा बैंक गाउँ जान नसकेको बताइन्। बैंक बस्ने भवन भाडामा खोज्न सकिने भए पनि त्यहाँसम्म नगद पु¥याउन कठिनाइ भएको सुनाइन्।

गाउँमा बैंक नहुँदा यहाँका ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र बालबालिकाको सामाजिक सुरक्षा भत्ता वितरणमा पनि कठिनाइ भएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ। 

‘बैंक खाताबाट रकम भुक्तानी दिँदा रकम पारदर्शी हुन्थ्यो’ कालिका गाउँपािलका अध्यक्ष खडानन्द चौलागाईले भने, ‘गाउँमा बैंक छैन्, सदरमुकाम पुग्न सक्दैनन्’ उनले थपे, ‘नगद वितरण गर्दा कतिपय ठाउँमा अनियमितताको पनि सम्भावना हुन्छ।’ उनले गाउँमा बैंक जान सडक, विद्युत्, सञ्चार र सुरक्षा अत्यावश्यक रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’