२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

फागुन २ गतेबाट ‘प्रथम अछाम महोत्सव २०७४’ हुँदै

२५ पुष २०७४, मंगलवार ११:२३

पुस २५, अछाम । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा प्रथम अछाम महोत्सव सञ्चालन गरिने भएको छ । 

अछाम उद्योग बाणिज्य सङ्घको आयोजनामा  आउदो फागुन २ गतेदेखि १० गतेसम्म महोत्सव गरिने भएको हो ।

 स्थानीय उत्पादन, कृषि, औधोगिक, सास्कृतिक एवम् पर्यटन विकासका लागि प्रथम अछाम महोत्सव २०७४ नाम दिइएको महोत्सव को तयारीका लागि अछाम उद्योग बाणिज्य सङ्घले विभिन्न गतिविधि पनि सुरु गरेको छ । सङ्घले आज जिल्ला स्थित सरोकारवालासङ्ग अन्तरक्रिया गरि सुझाव लिएको छ । 

कार्य बाहक अध्यक्ष महेन्द्र कडायतको अध्यक्षतामा भएको अन्तरक्रियामा सहभागी सरोकारवालाले महोत्सव सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । 

कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाले अछाम जिल्लाको कृषि, पर्यटन, स्थानीय उत्पादन, औधोगिक तथा सास्कृतिक क्षेत्रको प्रचार प्रसारमा लागी महोत्सवले निकै टेवा पुरयाउने बताउनुु भयो । 


यसले जिल्लामा नै सकारात्म अभियान फैलाउने भएकाले सफल पार्न सबैलाई आ आफनो तर्फबाट सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी लाल बहादुर बिष्ट, नेकपा एमालेका जिल्ला सदस्य शिलोज कुवर, माओवादी केन्द्रका केन्द्रिय सदस्य बम बहादुर रावत, अछामका प्रहरी प्रमुख डियसपि दधिराम न्यौपाने लगायत सरोकारवालाले महोत्सव लाई सफल पार्नका लागि सबै स्थानीय तहसंग पनि सहकार्य गर्न सुझाव दिएका थिए । 

जिल्लाको सबै क्षेत्रको सहभागिता गराई समग्र पहिचान झल्काउने गरि महोत्सव गर्न र सो अनुसारको परामर्श गर्न सरोकारवालाले सुझाव दिएका थिए । 

महोत्सवमा स्थानिय उत्पादनको प्रदर्शनी, पर्यटन प्रबद्र्धन, कला सस्कृतिको जगेर्ना, व्यापार र औद्योगिक मेला सञ्चालन गर्ने र बिभिन्न स्टलहरु राखिने अछाम उद्योग बाणिज्य सङ्घले जनाएको छ । जिल्लाको पहिचान, कृषि, पर्यटन र व्यापार प्रबद्र्धनमा महोत्सवले बिशेष जोड दिने अछाम उद्योग बाणिज्य सङ्घले दाबि गरेको छ । 

आयोजकले विभिन्न तयारिका लागि उपसमिति गठन गरि परिचालन कार्य समेत सुरु गरिसकेको जनाएको छ । अन्तरक्रियामा सङ्घका उपाध्यक्ष राम बहादुर शाहले महोत्सवको लक्ष्य र उद्देश्यबारे जानकारि गराएका थिए भने सहजिकरण महासचिव बम बहादुर रावलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य