२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल, यात्रा सहज

२२ माघ २०७४, सोमबार ०२:२८

माघ २२, अछाम (रासस) | पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ । 

मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन अवस्थामा रहेको आयोजना प्रमुख सुरेन्द्र थारले जानकारी दिनुभयो । ०६६ सालबाट निर्माण कार्य थालिएको उक्त पुल रु साढे २२ करोडको लागतमा निर्माण सम्पन्न भएको थारले जानकारी दिनुभयो । 

पक्की पुल बनेसँगै स्थानीयवासी निकै खुशी भएका छन् । नदी वारपार गर्न ‘फेरी’को साहारा लिएर जोखिमपूर्ण यात्रा गर्नुपथ्र्यो पक्की पुलले गाडी मोटरलाई मात्र हैन हामीलाई पनि आवत जावतमा सजिलो भएको छ स्थानीयवासी मीना नेपालीले खुशी व्यक्त गर्नुभयो । अछामको बयाला गाविस घर भएकी मीनाले नेपालगन्ज, काठमाडौँ जाने क्रममा कयौँ पटक डुंगाको कठिन यात्रा गरेको सुनाउनुभयो । अब जोखिमको यात्रा गर्नु पर्दैन खुशी हुँदै उहाँले भन्नुभयो । 

डुंगाको जोखिमपूर्ण यात्रामा नदी तर्ने क्रममा डुंगा पल्टिएर कयौं मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौँ आफन्तका खुशी खोसेको थियो कर्णालीले । स्थानीयवासी धनबहादुर बोहरा भने पक्की पुल बनेसँगै अब मालसामान आपूर्ति गर्न मात्र हैन स्थानीयवासीले उत्पादन गरेको तरकारीले पनि बजार पाउनेमा ढुक्क हुनुहुन्छ । 

संघसंस्थाले तरकारी र फलफूल खेती गर्न सिकायो तालीम लियौँ तर बजार नहुँदा स्थानीयवासीले आफूलाई खान पुग्ने गरी मात्र उत्पादन गर्ने गरेको उहाँले सुनाउनुभयो । ०६४ सालबाट निर्माण कार्य थालिएको लोकमार्गले पूर्वी नेपालको नुवाकोटदेखि पश्चिम नेपालको बैतडीलाई जोड्नेछ । कूल एक हजार ७८६ किलोमिटर लम्बाइ रहेको पुष्पलाल (मध्य पहाडी) लोकमार्गले मध्य नेपालका २५ जिल्लाका २१५ बस्तीलाई जोडेको छ । यो आयोजना निर्माणपछि एक करोड जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु