2026-09-19 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनकुटामा सडक सञ्चालन भएपछि स्थानीयवासी हर्षित

माघ २२, धनकुटा | धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् । 

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइ रहेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । 

परियोजनाले जिल्ला प्राविधिक कार्यालयमार्फत रु १६ करोड ८२ लाख लागतमा निर्माणाधीन सडकको नालीबाहेक माटो कटिङ, टेवापर्खाल, मोडसुधार, ग्राभेल लगायत अन्य स्ट्रक्चरको ९५ प्रतिशत काम सम्पन्न भए सँगै स्थानीयवासीले यातायात सञ्चालन गर्न थालेको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ । 

सडक सञ्चालनमा आएपछि धनकुटाकाको महालक्ष्मी नगरपालिकाभित्र पर्ने चानुवा, डाँडागाउँ, जितपुर, मारेक कटहरे, लेगुवालगायत संखुवासभा जिल्लाका विभिन्न गाउँपालिकाका बासिन्दालाई कृषि उपज बजार लैजाने एवं यातायात सेवा सहज भएको स्थानीयवासी लेखनाथ पौडेलले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा उत्पादन हुने अदुवा, अलैँची, दूध, तरकारी एवं खाद्यन्न बाली संखुवासभाको मुढे शनिश्चरे र धनकुटाको लेगुवाबजार हुदै बाहिर निकासी सहज बनेको पौडेलको भनाइ रहेको छ । सवारी साधन सञ्चालन भएसँगै धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको संगममा रहेको पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले गुराँस अवलोकन गर्न एवं मध्य पहाडी लोकमार्गमा जोड्ने यस क्षेत्रको सबैभन्दा छोटो सडक बनेको स्थानीयवासी बताउँछन् । 

संखुवासभाबाट धनकुटाका उत्तरी क्षेत्र र भोजपुर जिल्ला दक्षीणी भेगतर्फ जान छोटो दूरीको सडक उपयोगी एवं सहज हुने महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई