2026-08-26 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा ४९ जना उद्यमीलाई अनुदान

फागुन १, इलाम | घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । 

कार्यालयले चालू आर्थिक वर्ष २०७४÷७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो । 

उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटबाट आवश्यक पर्ने मेशिन औजार खरिद गर्नुपर्ने प्रावधान राखिएको कार्यालयका उद्योग प्रशासन प्रमुख खड्ग बस्नेतले बताउनुभयो । 

जिल्लाका ग्रामीण भेगमा उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने लघु, घरेलु र साना उद्योगलाई प्रोत्साहनस्वरूप घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको जनाएको छ । 

यस्तै, घरेलु तथा साना उद्योग विकास समितिले अदुवा प्रशोधन, दुग्ध परिकार, बेकरी, कृषि फर्म, चिया उद्योग र ढाका उद्योगलाई आवश्यक पर्ने मेशिन औजार ८० प्रतिशत अनुदानमा समेत वितरण गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई