२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा स्थानीयद्वारा चक्का जाम

७ फाल्गुन २०७४, सोमबार ०४:४२

फागुन ७, दाङ (रासस) | अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् । 

तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन । 

सडकखण्डको स्तरोन्नतिको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्र नगर्दा त्यस क्षेत्र धुलाम्मे हुँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको स्थानीयवासीले बताएका छन् । 

स्थानीयवासीले अविलम्ब सडक कालोपत्र गर्नुपर्ने माग गर्दै आइतबार बिहान १०:३० देखि ११:३० बजेसम्म चक्का जाम गरेका हुन् । सडक निर्माण हुन थालेको लामो समयपुग्दा समेत सडक कालोपत्र नहुँदा त्यस क्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार–व्यवसाय चौपट भएको स्थानीयवासीले बताएका छन् । 

“बालबालिकालाई विद्यालयसम्म पुग्न कठिन छ, घरको भान्सामा समेत धुलो आउने गर्छ, पाँच मिनेटमै शरीरमा धुलोले ढाकेर मानिस नचिनिने हुन्छ”, स्थानीय वसन्त खड्गीले भन्नुभयो । 

साथै आन्दोलनको पहिलो दिन भएकाले सांकेतिक विरोधस्वरुप एक घण्टा बन्द गरिएको र सम्बन्धित निकायबाट भरपर्दो निकास नआए सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी स्थानीयवासीले दिएको दिलीप केसीले बताउनुभयो । 

दाङका अन्य समाचार अपडेट पाईराख्न तलको पेज लाइक गर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ