2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनकुटामा प्रादेशिक व्यापार तथा कृषि मेला हुने

फागुन १०, धनकुटा । नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ । 

बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य संघ, धनकुटाले पत्रकार सम्मेलनमा आगामी फागुन २० देखि ३० गतेसम्म हुने व्यापार मेलामा विशेष आकर्षणका १५० स्टल रहने बताइयो । 

चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं १ को आर्थिक विकासको आधार’ भन्ने मूलनारा तय गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । एकसय स्टल अग्रिम बुकिङ भइसकेको स्टल तथा बालउद्यान व्यवस्थापन समितिका संयोजक रोशन श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ । 

स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिनेछ । मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बालउद्यानसमेत रहने मूल आयोजक समिति धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो । 

व्यापार मेला तथा प्रदेश नं १ स्तरीय व्यापार तथा कृषि मेला अवधिभर करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने एवं तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालन गर्न ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघले यसभन्दा अघि २०६५, २०६८ र २०७१ सालमा पनि महोत्सवको आयोजना गरेको थियो । 

व्यापार मेला तथा महोत्सवको मुख्य आकर्षणका रुपमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (एनटिआइएस) समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ वटा कृषिजन्य वस्तु र पूर्वाञ्चलका १४ वटा जिल्लाका उत्कृष्ट उद्योगबाट उत्पादित वस्तुका स्टल रहनेछन् । 

धनकुटामा हुने महोत्सवलाई भव्यरुपमा सफल बनाउन उद्यमी, सरोकारवाला निकाय, सञ्चारकर्मीलगायत सबै क्षेत्रका प्रतिनिधिलाई समेटेर एकसय एक सदस्यीय मूलआयोजक समिति र १४ वटा उपसमिति गठन गरिएको छ । 

जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समितिलगायत दर्जनभन्दा बढी संघसंस्था सहयोगीका रुपमा छन् भने धनकुटाको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, धनकुटा नगरपालिका विशेष सहयोगीका रुपमा रहने आयोजक समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई