४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोरम्बा–सुनापती गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्‍न

२३ फाल्गुन २०७४, बुधबार ०३:४४


२३ फागुन, रामेछाप

रामेछापको दोरम्बा र सुनापति गाउँपालिका जोडने पक्की
पुल निर्माण सम्पन्‍न भएको छ । दुई गाउँपालिकाको सीमा रहेको खानीखोलामा पक्की पुल
निर्माण कार्य सम्पन्‍न भएको हो । बर्षाको समयमा पुल नहुँदा ठूलो सास्ती झेल्दै
आएका दोरम्बा गाउँपालिका बासिन्दालाई ठूलो राहत भएको छ । दोरम्बा गाउँपालिका

र सुनापति गाउँपालिका
२ स्थित रजमन्टारमा पक्की पुल निर्माण भएपछि
स्थानीयमा खुसीयाली छाएको छ ।

चार बर्ष अघि निर्माण कार्य सुरु भएको पुल सवा तीन
करोड लागतमा निर्माण भएको हो । ४२ मिटर लम्बाई र सात मिटर चौडाइ रहेको पुलमा एक
पटक दोहोरो रुपमा सवारी आवतजावत गर्न सक्छन् ।

रामेछापको दोरम्बासुनपति
गाउँपालिका जोड्ने खानीखोलास्थित पक्की पुल निर्माणको जिम्मेवारी गौरी-पार्वती-निलगिरी
जेभीले पाएको थियो । तर बीचमा नै निर्माण नगर्ने मनस्थितिमा निर्माण कम्पनी
पुगेपछि पुल निर्माण गर्ने जिम्मेवारी स्थानीय हिरा श्रेष्ठले लिएका थिए ।

 

स्थानीयबासी समेत रहेका श्रेष्ठले भने,‘निर्माण
कम्पनीले ठेक्का पारेपछि भौगोलिक कठिनाइको कारण काम नगर्ने अवस्थामा पुगेका थिए
, आफ्नो
गाउँमा आएको पुल जसरी पनि बनाउनु पर्छ भनेर जोखिम मोलेरै मैले जिम्मेवारी लिएर पुल
निर्माणको काम सम्पन्न गरेको हुँ ।

दोरम्बा गाउँपालिका
अन्तर्गत नै दुई बर्ष अगाडि नै खैरेखोलामा भने पक्की पुल सञ्चालनमा आइसकेको छ । यो
पुल सञ्चालनमा आएपछि अब बर्षाको समयमा पनि सहज रुपमा सदरमुकाम मन्थली र राजधानी
काठमाडौं आवतजावत गर्न सहज भएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद