2026-10-06 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करिडोर प्रशारण लाइन निर्माणका लागि प्राधिकरणद्वारा पहल

रमेश लम्साल/फागुन २५, पाँचथर | लामो समयदेखि विवादमा पर्दै आएको आधुनिक करिडोर प्रशारण लाइन निर्माणमा तदारुकता दिन नेपाल विद्युत् प्राधिकरणले पहल शुरु गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिमिङलगायतको उच्चस्तरीय टोलीले यहाँस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको छलफलमा आयोजनाको काम तीव्ररुपमा अघि बढाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको हो । 

केही समयभित्रै करिब १०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइनको अभावमा समस्या उत्पन्न भएकाले प्रधिकरणले चासो व्यक्त गरेको हो । उक्त करिडोरको पहिलो खण्डको काम सकिए पनि दोस्रो र तेस्रो खण्डको काम अगाडि बढ्न सकेको छैन । झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म कूल ९१ किलोमिटर लामो उक्त प्रसारण लाइनको थ्री थुम्का गोदक र गोदक अमरपुर खण्डको काम रोकिँदै आएको छ । 

प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग र मुआब्जा वितरणमा स्थानीयवासीले अवरुद्ध गरेपछि आयोजना रोकिँदै आएको हो । जिल्लास्थित सरकारी अधिकारीसँग गरेको छलफलपछि आयोजनाको काम अगाडि बढ्ने विश्वास प्राधिकरणको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजना तत्काल अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई आग्रह गर्नुभयो । 

कार्यकारी निर्देशकको आग्रहपछि अधिकारीले आफ्नो तर्फबाट सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई सम्पन्न गर्न सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले स्थानीय प्रशासन र स्थानीयवासीले सहयोग गरे आयोजना तोकिएकै समयमा पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निर्माण व्यवसायी ज्यागुर एण्ड स्टर जेभीले तोकिएको समयमा काम नगर्दा आयोजनाको म्याद दुई पटक थपिसकेको छ । आयोजनाको कूल लागत रु तीन अर्ब ५८ करोड रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै