2026-09-19 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगर नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता

चैत २, विराटनगर | विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ । 

महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य शुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ । 

आउँदो २०७५ असार मसान्तसम्ममा सम्पूर्ण सडक तथा सडकको दुवैतर्फ नाला निर्माण कार्य पूरा हुने महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले बताउनुभयो । 

यसैगरी साना तथा मझौला शहर वातावरणीय विकास परियोजनाअन्तर्गत रु दुई अर्ब ९५ करोडको लागतमा निर्माण भइरहेको नाला तथा सडकको कार्यले ९७ प्रतिशत प्रगति हासिल गरेको छ । 

यस कार्यअन्तर्गत ढल, नाला, फोहर, पानी प्रशोधन, सडक ग्राभेल, पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको कालोपत्रसहितको सडक निर्माण, धर्मबाँध र शाही मार्गमा पानीट्याङ्की निर्माण कार्य भइरहेको कालिका कन्स्ट्रक्सनका इन्जिनियर महेश सुवेदीले बताउनुभयो । 

यस्तै रु दुई अर्ब ६२ करोडको लागतमा क्षेत्रीय विकास परियोजनाअन्तर्गत शुरु भएको नाला तथा सडक निर्माण कार्यले १५ प्रतिशत प्रगति हासिल भएको भएको इन्जिनियर न्यौपानेले जानकारी दिनुभयो । 

आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको उक्त परियोजनाअन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्र र त्यसको दुवैतर्फ नाला निर्माण गरिने छ ।  

यसैबीच विराटनगरमा भइरहेको कामको महानगरपालिकाका प्रमुख भीम पराजुलीसहितको टोलीले बिहीबार अनुगमन तथा निरीक्षण गर्नुभएको छ । 

प्रमुख पराजुुलीसहित उपप्रमुख इन्दिरा कार्की, महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौला, इन्जिनियर भरत न्यौपाने तथा सञ्चारकर्मीसहितको टोलीले विराटनगरमा भइरहेको दुई दर्जनभन्दा बढी योजनाको अनुगमन गरी त्यसको प्रगति र अवस्थाका बारेमा जानकारी लिएको छ । 

नालाको पानी प्रशोधन गरी पुनः खोलामा फाल्ने र मल बिक्री गर्ने योजनाका साथ कार्य अगाडि बढाएको महानगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ