2026-08-29 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

छत्रदेव गाउपालिकालाई पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने

चैत्र ३, अर्घाखाँची | छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले पशुपालनबाट समृद्ध गाउँपालिका बनाउँन सकिने बताएका छन । 

छत्रदेव ७ भगवती माेडेलचाैरमा मल्टी प्लायर हर्डमा प्रजननकाे लागि वाेयर बाेका हस्तान्तरण कार्यक्रममा अध्यक्ष पाेख्रेलले गरिव, एकल महिलालाई लक्षीत गरेर बाख्रा वितरण गर्ने तयारी गाउँपालिकाले गरेकाे बताए । केयुविकेकाे अनुदानमा भगवती माेडेलचाैरमा उन्नत जातका बाेका वितरणमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लाेकनाथ पाैडेलले जिल्लाले पशुपालनमा एक वर्षमा धेरै फड्को मारेकाे बताउँदै जिल्लालाई बाेयर मय बनाउने तथा किसानहरूलाई व्यवसायीक रूपमा अगाडि बढाउँन पशु सेवा कार्यालयले सहकार्य गरिरहने बताए । छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, वडा अध्यक्षहरू शाेभाखर पाण्डे र बालकृष्ण श्रेष्ठले उन्नत बाेकाबाट राम्रो अाम्दानी गर्न अाग्रह गर्दै किसानकाे उन्नतिका लागि सहयाेग गर्ने बताए । 

केयुविकेका पशु विकास अधिकृत महेन्द्र भण्डारीले जिल्लालाई बाेयर बाेकामय बनाउँनका लागि मल्टिपलायर अगाडि बढाउने बताउँदै किसानलाई सहयाेग गर्न पछि नपर्ने विश्वास दिलाए । बाेका वितरणमा छत्रदेव गाउँपालिका पशु शाखा प्रमुख नारायण खनाल, अर्घाताेष पशु सेवा केन्द्रका उमानाथ पन्थी, पत्रकार घनश्याम पाैडेलले उन्नत जातकाे बाेकाबाट  राम्रो बाेका उत्पादन गरि देशभर भगवतीमा उत्पादन भएकाे बाेका भनी चिनाउँन शुभकामना दिए । जिल्लाकाे सन्धिखर्क नगरपालिका डिभर्नामा उत्पादन भएकाे ५० प्रतिशत १७ वटा केयुविकेकाे अार्थिक सहयाेगमा क्रस बाेका वितरण गरिएकाे हाे । वितरण कार्यक्रम कृष्ण भुसालकाे अध्यक्षता, प्रकाशमणि घिमिरेकाे सञ्चालन र कृष्ण भुसालकाे स्वागतमा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो