२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पानीको सामुदायिक सदुपयोग सचेतना गोष्टी धनगढी घोषणापत्र जारी गर्दै सम्पन्न

२०७४, १४ चैत्र बुधबार ०३:२५

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । दक्षिण एसियाली अन्तरदेशीय सिमा नदीको पानीको सामुदायिक सदुपयोग सम्बन्धि सचेतना गोष्ठी धनगढीमा सम्पन्न भएको छ । निति निमार्ण कर्ताहरुको सहभागितामा अन्तर देशीय परियोजनाको कार्यान्वयन सफलता पूर्बक सघाउँन ६ बुदे प्रतिबद्धतासहित धनगढी घोषणापत्र २०७४ जारी गर्दै गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीले अन्तरदेशीय सीमाको रुपमा रहेको महाकाली तथा यसका सहायक नदीहरुको बेसीन क्षेत्र नेपाल र भारत तर्फ अर्थात वारी र पारी किनारमा बसोबास गरिरहेका समुदायले भोगीरहेका विद्यमान समस्या निदान गर्न तथा उनीहरुको जीवीकोपार्जनमा सुधार गर्न आ आफ्नो तर्फबाट आवश्यक नीती र कार्यक्रम मार्फत सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता गरेको छ ।

यस्तै प्राकृतिक स्रोत साधन मध्येको मानव सभ्यतासँग जोडीएको नदी प्रणलीको उचित सदुपयोग गरी दिगो वयवस्थापन गर्न सो महाकाली नदीको स्रोतको निकासी, जैविक विविधता संरक्षण र स्थानीय नदी किनारका समुदायको उच्च प्राथमिकता जस्ता बिषयमा आवश्यक अध्ययन गरी तटिय जनता मैत्री तथा दिगो विकास र व्यवस्थापनका लागि संस्थागत रुपमा नीति निर्माण र कार्यानवयन मार्फत सहयोग गर्ने प्रतिबद्धता गरीएको टोसा कार्यक्रम सञ्चालनमा दार्चुला साझेदार संस्था संकल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले जानकारी दिनुभयो ।

स्थानिय सरकारहरुको निर्माण भई रहेको कार्य गरिरहेको अवस्थामा महाकाली नदी तटिय एवं प्रभावित क्षेत्रका संकटापनन समुदायको पानी माथीको सुशासन र सामुदायिक विकासका लागि एक आपसमा सहयोग सहकार्य गरी आवश्यक भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरीएको छ । महाकाली नदी तटिय एवं प्रभावित क्षेत्रमा बसोबास गरिरहेका समुदायका महिलाहरुको शशक्तिकरण र उनीहरुको पानी माथीको अधिकार प्राप्तीका लागि नागरिक संघ संगठन र सरकारी तथा गैरसरकारी निकायहरु मिलेर सामुहिक प्रतिबद्धता गरीएको समेत जोशीले बताउँनुभयो ।


महाकाली नदी बेसिनको संरक्षण, सदुपयोग र समग्र विकास गर्नका लागि नेपाल सरकार प्रदेश सरकार स्तरीय महाकाली नदी बेसिन बिज्ञ आयोग गठनका लागि सरोकारवाला निकायहरुसँग छलफल गरी पहल कदमी गर्न आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता गरीएको छ । यस्तै महाकाली नदी बेसिनको संरक्षण, सदुपयोग र समग्र विकास गर्न नेपाल र भारत बिच भएको महाकाली सन्धिमा उल्लेखित दुई देशिय महाकाली नदी आयोग गठनका लागि नेपाली सरकारलाई अनुरोध गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै गोष्ठी सम्पन्न भएको जोशीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से