चैत २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहिबार तोकेको विनिमय दर अनुसार बिभिन्न देशको सटहीदर अघिल्लो महिनाको तुलनामा बढेका छन् । आज अमेरिकी डलर १ को खरिददर १०३.९४ रहेको छ भने बिक्रीदर १०४.५४ रहेको छ ।
त्यस्तै आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा तोकेको छ । उता मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र विक्रिदर २७ रुपैयाँ २ पैसा छ ।
त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ५२ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ५२ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ६७ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ २६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।