२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्क साना सहरी खानेपानिकाे चौथो अधिबेसन

२०७४, २५ चैत्र आईतवार ०३:३९

चैत्र २५, अर्घाखाँची | सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मुल संस्था अर्घाखाँचीको पाँचौ साधारण सभा तथा चौथो अधिबेसन संस्थाको कार्यालय देउराली डाँडामा शनिबार उद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले पानसमा दिप प्रज्वलन् तथा व्यानर अनावरण गर्दै उद्घाटन गर्नु भएको थियो । 

कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, प्रदेस सभा समानुपातिक सदस्य निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार वि.क, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, संस्थाका संस्थापक अध्यक्ष धर्मराज अधिकारी, ने.क.पा एमालेका कार्यवाहक अध्यक्ष जिवनारायण कोईराला, नेपाली काग्रेसका सभापति विष्णु प्रसाद खनाल मुस्कान, ने.क.पा माओवादी केन्द्रकी सह–संयोजक छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेस सदस्य शेर बहादुर वि.सी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।


कार्यक्रममा संस्थाको प्रगतिबेदन सचिव पशुपति ढकाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण अर्यालले प्रस्तुत गर्नुभएको थियो । उद्घाटन सत्रको कार्यक्रम संस्थाका अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नेत्र भट्टराईको स्वागत तथा वरिष्ट उपाध्यक्ष राम बहादुर रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।

संघको व्यवस्थापन, नयाँ कार्य समिति चयन तथा आगामी कार्यक्रमको योजनाको लागि अहिले वन्द सत्र जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार