४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

२५ चैत्र २०७४, आईतवार ११:३३

चैत २५, काठमाडौँ | सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो । 

महासंघका अध्यक्ष मोहनकुमार सुनारले महँगो भन्सारका कारण सुनचाँदी व्यवसायमा समस्या परेको बताउनुभयो । उहाँका अनुसार एक तोला सुनमा झण्डै पाँच हजार भन्सार तिरेर सुन आयात गर्न परिरहेको छ । 

महासंघले सुन आयात गर्ने अधिकार बैंक र व्यवसायी दुवैलाई दिनुपर्ने, विदेशबाट आउँदा गरगहना बनाएर ल्याउन पाउनुपर्ने, बिल बीजक भएका गहनाको ओसारपसार गर्न पाउनुपर्ने, कर घटाउनुपर्ने, सुन व्यवसायीलाई तालीम दिनुपर्ने, सुनचाँदी व्यवसायलाई आवश्यक शान्ति सुरक्षा दिनुपर्ने र विश्वका धेरै देशमा प्रचलनमा आएको ‘जेम एण्ड ज्वेलरी’ अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको छ । त्रिपन्न जिल्लामा रहेका सुनचाँदी व्यवसायीको छाता संगठनका रुपमा रहेको महासंघमा २२ हजार व्यवसायी आबद्ध छन् । यस व्यवसायबाट तीन लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बताइन्छ । 

महासंघ स्थापनाको पाँचौँ वर्षको अवसरमा भोलि दिउँसो साधारण सभा हुँदैछ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिनुभयो । साधारण सभाका अवसरमा सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने दुई पत्रकारलाई प्रत्येक वर्ष ‘फेनेगोसिडा पत्रकारिता सम्मान’ प्रदान गर्ने गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता