२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

२०७४, २५ चैत्र आईतवार ११:३३

चैत २५, काठमाडौँ | सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो । 

महासंघका अध्यक्ष मोहनकुमार सुनारले महँगो भन्सारका कारण सुनचाँदी व्यवसायमा समस्या परेको बताउनुभयो । उहाँका अनुसार एक तोला सुनमा झण्डै पाँच हजार भन्सार तिरेर सुन आयात गर्न परिरहेको छ । 

महासंघले सुन आयात गर्ने अधिकार बैंक र व्यवसायी दुवैलाई दिनुपर्ने, विदेशबाट आउँदा गरगहना बनाएर ल्याउन पाउनुपर्ने, बिल बीजक भएका गहनाको ओसारपसार गर्न पाउनुपर्ने, कर घटाउनुपर्ने, सुन व्यवसायीलाई तालीम दिनुपर्ने, सुनचाँदी व्यवसायलाई आवश्यक शान्ति सुरक्षा दिनुपर्ने र विश्वका धेरै देशमा प्रचलनमा आएको ‘जेम एण्ड ज्वेलरी’ अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको छ । त्रिपन्न जिल्लामा रहेका सुनचाँदी व्यवसायीको छाता संगठनका रुपमा रहेको महासंघमा २२ हजार व्यवसायी आबद्ध छन् । यस व्यवसायबाट तीन लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बताइन्छ । 

महासंघ स्थापनाको पाँचौँ वर्षको अवसरमा भोलि दिउँसो साधारण सभा हुँदैछ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिनुभयो । साधारण सभाका अवसरमा सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने दुई पत्रकारलाई प्रत्येक वर्ष ‘फेनेगोसिडा पत्रकारिता सम्मान’ प्रदान गर्ने गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन