२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची खानेपानी आयोजनामा ‘ब्रेक थ्रु’

२०७४, २७ चैत्र मंगलवार १०:२६

चैत २७ काठमाडौं | मेलम्ची खानेपानी आयोजनाको ‘ब्रेक थ्रु’ गर्ने काम सकिएको छ । आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको अन्तिम ब्रेक थ्रुको काम सकिएको हो ।

यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । यो सँगै २६ किलोमिटर सुरुङ खन्ने काम पनि सकिएको छ । मुख्य संरचना, भेट साफ्ट तथा सुरुङको केही काम बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । सन २००८ मा सुरु भएको यो आयोजना आउने जुनसम्ममा सकिने भएको छ । यो आयोजना सकिएसँगै उपत्यकामा  १७ करोड लिटर पानी आउने छ ।

बिहीबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेर मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । उहाँले सुरुङमा गरिएको अन्तिम ब्लाष्टको खबर भर्खरै आएको पनि बताउनुभयो । उहाँले मेलम्ची आयोजना सम्पन्न भएकोमा देशले नै उत्सव मनाउने गरी खुशीयाली छाएको बताउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु ठूलो उपलब्धि र उत्साह भएको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै दसैँ अगावै उपत्यकावासीलाई पानी उपलब्ध गराउनु आफ्नो प्रमुख कार्यभार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन