२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा बैशाख १ बाट आर्थिक गणना हुने

२७ चैत्र २०७४, मंगलवार १४:०६

कमल रावल | चैत २७, अछाम | अछाम जिल्लामा सुरु हुने राष्ट्रिय आर्थिक गणनाबारे जिल्लाका सरोकारवालालाई जानकारी गराईएको छ । देशभरि झै बैशाख १ गतेबाट अछाममा पनी राष्ट्रिय आर्थिक गणना सुरुहुने पनी सबैलाई जानकारी गराईएको हो । चैत देखी असार मसान्त सम्म ४ महीना जिल्लामा मंगलसेन र साफेबगरमा कार्यालय स्थापना गरि कामको थालनी हुने भएको हो । 

जिल्लाका १० वटै स्थानिय तहमा बैशाख १ गते देखि जेठ १५ गतेसम्म गणकलाई प्रत्येक स्थानमा खटईने भएको छ । जिल्ला आर्थिक गणना कार्यालय अछामको आयोजनामा भएको कार्यक्रममा सहभागि सबै सरोकारवालाले यो अभियानलाई सफल पार्न आ आफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता जनाएका थिए । कुनैपनी ब्यक्तिलाई करको दायरमा ल्याउनका लागि नभई समृद्ध राज्य निमार्णका लागि टेवा पुग्ने भएकाले यो कार्यलाई सफल पार्न सबे लागि पर्ने बताएका हुन । निमित्त प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल रहनु भएको थियो । प्रमुख अतिथी रावले आर्थिक गणनाले राज्यलाई महत्वपुर्ण योगदान दिने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । 

केन्द्र, जिल्ला, स्थानिय तहसम्म सबैसँगको सहकार्य समन्वयलाई दरिलो बनाउदै जानु पर्नेमा उहाँको जोड दिनु भएको थियो । कार्यक्रममा अध्यक्ष निमित्त प्रमुख जिल्ला अधिकारी तुला बहादुर काउचाले यो गणनाले ऐन कानुन निर्माण गर्न र विभिन्न अध्ययन सपल पार्न टेवा पुग्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । सहभागि सबैलाई कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्दै जिल्ला आर्थिक गणना कार्यालयका अधिकृत अनील चौधरीले कसैलाई करको दायरमा ल्याउनका लागि नभई राष्ट्रको निती निर्माण तय गर्नका लागी भएको बताउनु भयो । सबैको सँकलन गोप्य रहने  भएकाले ठुलो बजार क्षेत्र, अस्पताल, औद्योगिक क्षेत्र, होटल तथा ब्यापार ब्याबसाय बाट आर्थिक गणना गरिने भएकाले सबैलाई सहयोग गरिदन उहाँले आग्रह गर्नु भयो । 

छलफलमा अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपाने, गैसस महासघ अछामका अध्यक्ष खड्क खडका, अछाम क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, वाणिज्य महासँघ केन्द्रिय सदस्य देवराज उपाध्याय, व्यापारिको तर्फबाट नर बहादुर रावल, जेसिज अछाम बर्ष २०१८ का अध्यक्ष खेमराज ढुगाना लगाएत सरोकारावालाको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन दिपकराज पाण्डेले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य