४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भोलीदेखि एनसेल प्रयोगकर्ताहरुलाई नयाँ अफर, कसरी सुचारु गर्ने ?

२८ चैत्र २०७४, बुधबार १६:०८

चैत २८, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउदै ‘सही’ डटा प्याक ल्याएको छ ।

यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्टि्रमिङको मजा पनि लिन सक्नेछन् ।

‘सही’ डेटा प्याकयहि चैत्र २९ गते बिहीबार देखि लागु हुनेछ । यो डेटा योजनाअन्तर्गत एनसेलका ग्राहकले आधाजिबि देखि १५ जिबिसम्मको १ दिन देखि ३० दिन सम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले १दिन समयावधि रहेको आधा जिबिको सही डेटा प्याक कर सहितमात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तिनदिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सातदिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् ।

सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याकअवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्टि्रमिङको मजा पनि लिन सक्नेछन् ।

यो योजना अन्तर्गतको निःशुल्क भिडियो स्टि्रमिङमा आई 'लिक्स, युट्युब ,युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटर्फम (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्टि्रमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् ।

‘सही’ डेटा प्याक एनसेलको टु जी, थ्रि जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ ।


ग्राहकले एस्टि्रक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याकलिई अफरको लाभ लिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् ।

उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।

मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउादा निकै हषिर्त भएको एनसेलले जनाएको छ ।

एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसागै एक घण्टाको निःशुल्क भिडियो स्टि्रमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ‘ दर अनुसार कर सहित प्रतिएमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ ।

यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता