२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धमाधम बैंक खाताबाट पैसा निकाल्ने यातायात व्यवसायीहरु कारवाहीमा पर्ने निश्चित

२०७५, ६ बैशाख बिहीबार ०८:५५

वैशाख ६, काठमाडौँ | सिन्डिकेट विरुद्ध सरकारले थालेको कडा कदमले बलियो रुप लिएको छ । सरकारले यातायात समितिनै खारेज गरिसकेको अवस्थामा अब उक्त समितिमा भएको बाँकी सबै चल/अचल सम्पति स्वत: सरकारको हुन्छ भन्ने नियम छ । तर व्यवसायीहरुले धमाधम समितिमा भएको रकम बैंकबाट झिक्न थालेपछी अब उनीहरुलाई कारवाही गरिने निश्चित भएको छ ।

व्यवसायीहरुले सरकारलाई झुकाउन आन्दोलनको धम्कि दिएपनि सरकारले झनै कडा कदम लिने भएपछी बाध्य भएर धमाधम समितिमा भएको पैसा निकाल्न थालिएको थियो । तर ऐनमा त्यसरी सरकारीकरण भईसकेको सम्पति निकाल्न नमिल्ने उल्लेख छ । त्यसो त ऐनमै समितिका पदाधिकारीले सरकारको आँखा छल्नका लागि संस्थाको सम्पति हिनामिना गरेमा उनीहरु कारवाहीमा पर्ने निश्चित नियम नै छ ।

संघसंस्था दर्ता ऐन अनुसार स्थानीय अधिकारीले संस्थाको हिसाव-किताव जाँबुझ गर्न सक्ने र हिनामिना गर्नेहरुमाथि कारवाही चलाउन व्यवस्था गरेको छ । जस अनुसार अब यातायात व्यवसायीहरु जाँच-बुझ पछि कारवाहीमा तानिने निश्चित छ । ऐनमा जाँच बुझ अनुसार चित्त बुझ्दो अवस्था नदेखिए समितिबाट अशुलउपर गर्ने नियम छ ।  

ऐनमा नवीकरणको म्याद सकिएका र नसकिएका समितिहरुले सरकारमा सर्ने हिसाब-किताब गोलमटोल गरेमा समितिका पदाधिकारीमाथि सम्पत्ति शुद्धीकरण वा भ्रष्टाचारको मुद्दा लाग्न सक्ने देखिएको छ । यस अनुसार सरकारले खारेज गरेलगत्तै यातायात व्यवसायीको बैंकमा रहेको सम्पति स्वत: सरकारको भई सकेको र त्यस्तो रकम झिकेको अवस्थामा ऐन अनुसार कारवाही भोग्नुपर्ने देखिन्छ ।

यातायात समितिलाई मात्र यस्तो नियम नभई सबै संघ संस्थाको लागि यो नियम लाग्छ ।

नियम अनुसार कुनै कारणले संस्था विघटन भएको खण्डमा त्यस संस्थाको सम्पत्ति स्वतः सरकारका नाममा सर्नुपर्छ भनेर उल्लेख छ जुन नियम अब यातायात समितिलाई पनि लागू हुने देखिन्छ ।

पछिल्लो मन्त्रि परिषदको निर्णय लगत्तै स्वत: यातायात समिति बिघटन गरिसकेको हुँदा अब समितिमा भएका सबै सम्पत्ति स्वतः सरकारको नाममा जाने देखिन्छ । जुन नियमले पछिल्लो पटक पैसा झिक्ने यातायात व्यवसायीहरु सिधै कारवाहीमा तानिन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन