२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटको तिलगुफा-३ मा पहिलो पटक गाडि पुगेपछि खुशीयाली

२०७५, ८ बैशाख शनिबार १५:३३

वैशाख ८, कालिकोट | तिलागुफा नगरपालिका वडा नं ३ मा पहिलो पटक गाडि पुर्याइएको छ । राँचुलीको रताडदेखि फोईमहादेवको फोईपिपल गौडासम्मको करिब ४ किलोमिटर सडकको उद्घाटन गरिएको छ । 

तिलागुफा नगरपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यबहादुर शाहीको अध्यक्षता प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतको प्रमुख आतिथ्यता तथा तिलागुफा नगरपालिकाका नगरप्रमुख रतनबहादुर शाहीको विशेष आतिथ्यतामा सडक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

तिलागुफा नगरपालिका र ३ नं वडाको ३० लाख, कर्णाली रोजगार कार्यक्रमको १९ लाख गरि जम्मा ४९ लाखको लागतमा सडक निर्माण गरि शुक्रवार पहिलो पटक ४ वटा गाडि फोईमहादेव पुगेका छन् । गाडि पुगेपछि तिलागुफा नगरपालिकका वडा नं ३ का स्थानीयबासीले फुलमाला अवीर सहित भव्य स्वागत गरेका छन् । उक्त उद्घाटन कार्यक्रम बोल्दै प्रमुख अतिथि दुर्गबहादुर रावतले देशको शासनसता परिवर्तन गरि सिंहदरवार घरघरमा कार्यान्वयन को चरणमा रहेको बताए ।

शिक्षा र स्वास्थ्य भन्दा पनि यहाँका ११ वटै वडालाई सडक सञ्जालमा जोड्ने निर्णयसंगै फोईमहादेवमा सडक पुगेकाले आफु खुसि भएको बताए । उनले तिलागुफा नगरपालिका कम्युनिष्टले जितेकाले यहाँको बिकास र जनजीवन मा सुधार आउने उल्लेख गरे । ५ वर्षको समयमा आफुले शिक्षा स्वास्थ्य बाटो लगायतका कुरालाई संसदमा उठाउने बताए । कालिकोटलाई अबको ५ वर्षभित्र नमुना जिल्लाका रूपमा परिवर्तन गर्न लागिपर्ने प्रतिवद्वता व्यक्त गरे । तिलागुफाका महादेव माविलाई नमूना उमाविमा रूपमा चिनाउन आफुले पहल गर्ने बताए ।

उद्घाटन कार्यक्रम बोल्दै नगर प्रमुख रतनबहादुर शाहीले बिकास सुशासनलाइ पहिलो प्राथमिकता दिने बताए । उनले नगरपालिकाले शिक्षा स्वास्थको स्तरोन्नतीका लागि लागिपर्ने बताए । आफ्नो ५ बर्षे कार्यकाल को १ बर्ष बितिसकेकाले अबको ४ बर्षमा नगरलाई नमुना नगर बनाउने बताए । त्यस्तै नगर उपप्रमुख दन्ता नेपालीले फोइमहादेवमा अबको एक बर्षभित्र विद्युतसंग जोड्ने बताए ।

यसरी ४ वटा गाडिसंगै फोईमहादेव पुग्ने आफुले कल्पना पनि नगरेको तिलागुफा नगरपालिका वडा नं ३ का स्थानीय तुलसरा शाहीले बताईन् । उनले लामो समयको प्रयासपछि फोईमा गाडि पुगेकाले आफु निकै हर्षित भएको बताए । त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै महेन्द्र बहादुर शाहीले बाटोको स्तरोन्नतीका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले ४ किलोमिटर बाटोको रेखदेख गर्नका लागि दुई जनालाई १२ हजारका दरले तलब दिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार