४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ

९ बैशाख २०७५, आईतवार ११:१०

वैशाख ९ काठमाडौँ | विसं २०७२ को भूकम्पबाट क्षति पुर्याइएको नेपाल प्रज्ञा–प्रतिष्ठानको पुनःनिर्माण प्रारम्भ भएको छ । 

नेपालको कला तथा संस्कृतिको उजागर गर्ने एउटा महत्वपूर्ण संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानभित्रका मुख्य प्रेक्षालय तथा अन्य कक्ष चर्किएका कारण त्यसको मर्मतसम्भार गर्न थालिएको प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङले राससलाई जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपाल एकेडेमीको आत्मसौन्दर्य जोगाउँदै आधुनिक प्रविधि सम्पन्न हुने गरी प्रज्ञा भवनको जीर्णोद्धार गरिने छ ।” सबलीकरण गरी तीन महिनादेखि पुनःनिर्माण थालनी भएको प्रज्ञा–प्रतिष्ठानको मुख्य प्रेक्षालय, भित्री कक्ष तथा जगसम्बन्धी काम भइरहेको छ । सरकारको रु २२ करोडको लागतमा जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्य रहेको सो भवन पूरा हुन करीब चार वर्ष लाग्ने अनुमान रहेको प्राज्ञ मुकारुङले बताउनुभयो । 

नेपाल एकेडेमी ऐन २०१४ अनुसार नेपाली साहित्यकलाको विकास गर्न विसं २०१४ मा गठित रोयल नेपाल एकेडेमी विसं २०३१ मा ऐनमा संशोधनपछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र २०६२ मा नेपाल प्रज्ञा–प्रतिष्ठान परिणत भएको हो । 

प्रतिष्ठानले नेपालका विविध भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति विकास तथा अध्ययन, अन्वेषण गर्न, कलाकारमा मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न योगदान गर्दै आएको छ । प्रज्ञा–प्रतिष्ठानमा भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शन शास्त्रसम्बन्धी छुट्टाछुट्टै विभाग छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता