२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना किसान बिकास बैंक ६८ जिल्लामा

२०७५, ११ बैशाख मंगलवार ०५:४५

वैशाख ११ काठमाडौँ | साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । 

विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैंकले जनाएको छ । 

प्रत्येक इलाका कार्यालयमा समेत विभिन्न फाँट रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको बैंकले चालू आवको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी रु ६३ करोड पुर्याउने योजना छ । 

मुलुकका ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्था र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक कर्जा र पटके कर्जा प्रदान गर्दै आएको छ । 

बैंकका उपकार्यकारी प्रमुख अधिकृत डा शिवराम कोइरालाले अहिलेसम्म करीब ७०० कृषि सहकारीमार्फत ग्रामीण बित्त बजारको विकास, विस्तार, गरी वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालीम उपलब्ध गराइएको बताउनुभयो । 

मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानीका लागि पनि बैंकले भूमिका निर्वाह गरेको कोइरालाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन