४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना किसान बिकास बैंक ६८ जिल्लामा

११ बैशाख २०७५, मंगलवार ०५:४५

वैशाख ११ काठमाडौँ | साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । 

विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैंकले जनाएको छ । 

प्रत्येक इलाका कार्यालयमा समेत विभिन्न फाँट रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको बैंकले चालू आवको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी रु ६३ करोड पुर्याउने योजना छ । 

मुलुकका ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्था र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक कर्जा र पटके कर्जा प्रदान गर्दै आएको छ । 

बैंकका उपकार्यकारी प्रमुख अधिकृत डा शिवराम कोइरालाले अहिलेसम्म करीब ७०० कृषि सहकारीमार्फत ग्रामीण बित्त बजारको विकास, विस्तार, गरी वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालीम उपलब्ध गराइएको बताउनुभयो । 

मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानीका लागि पनि बैंकले भूमिका निर्वाह गरेको कोइरालाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता