२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुनःनिर्माणमा ढिलाई भएकोमा प्राधिकरणको स्वीकार

२०७५, ११ बैशाख मंगलवार १०:४२

वैशाख ११ काठमाडौँ | नीतिगत एवं प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वीकार गरेको छ । 

गोरखा भूकम्पमा भत्किएका निजी तथा सरकारी संरचना निर्माणले अपेक्षित गति लिन नसकेको भन्दै प्राधिकरणले केही नीतिगत सुधार तथा सरल र सहज प्रक्रिया अपनाउने बताएको छ । प्राधिकरणले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा निजी आवास निर्माणलाई गति दिन स्थानीय तहलाई परिचालन गर्ने र उनीहरुलाई नै त्यसमा सहभागी गराउने नीति अख्तियार गर्न लागेको जानकारी दिइएको छ । 

सात लाख ६७ हजार ७०५ निजी घर लाभग्राहीको सेवा सूचीमा रहेको र त्यसमध्ये हालसम्म एक लाख १९ हजार २३३ घर मात्रै निर्माण सम्पन्न हुनु सुखद होइन भन्दै प्राधिकरणले चालू आवको अन्त्यसम्म सबै निर्माण प्रक्रियालाई गति दिने गरी योजना बनाइएको बताएको छ । 

खरिद प्रक्रियामा रहेको प्रक्रियागत झन्झट तथा कतिपय अवस्थामा निर्माण सामग्री र सूचना संयन्त्रको अभावका कारण पनि पुनःनिर्माणमा अपेक्षित सफलता हासिल हुन नसकेको पाइएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राधिकरणको स्थापनाको पाँच वर्षभित्र पुनःनिर्माणका सबै कार्य पूरा गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुनःनिर्माण प्राधिकरणको आधा समयको काम सकिँदा आधा काम सकिएको छ । चालू आवको अन्त्यसम्म पुनः निर्माणको एउटा गति लिन्छ भन्ने मेरो विश्वास छ ।” 

स्थानीय तह गठन भएपछि पुनःनिर्माण गर्न सजिलो भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत भुसालले स्थानीय गाउँपालिका प्रतिनिधिसँगको समन्वयमा नै पुनःनिर्माणको काम अगाडि बढाइएको बताउनुभयो । 

प्राधिकरणका सचिव अर्जुन कार्कीले भूकम्पपछिको पुनःनिर्माण सामान्य अवस्थाको नभए पनि प्रक्रियाका हिसाबले केही असहज भएकाले उल्लेख्य सफलता हासिल हुन नसकेको बताउनुभयो । चालू आवको अन्त्यसम्म निजी आवास, सरकारी भवन, विद्यालय, अस्पतालजस्ता निकायको ठेक्का प्रक्रिया शुरु हुने र पुनःनिर्माण नयाँ उचाइमा पुग्ने सचिव कार्कीको जिकिर थियो । 

प्राधिकरणलाई परेको समस्या समाधानका लागि मन्त्रिपरिषद्मा नै प्रस्ताव पठाउने तयारी गरिएको र बदलिँदो अवस्था र आवश्यकतालाई सम्बोधन गरिने सचिव कार्कीको भनाइ छ । पुनःनिर्माणका क्रममा हालसम्म तीन लाख ६८ हजार ७६१ लाभग्राहीले दोस्रो किस्ता लिइसकेको र एक लाख २३ हजार ५३७ लाभग्राही तेस्रो किस्ताको रकम लिने प्रक्रियामा रहेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन