"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

१२ बैशाख २०७५, बुधबार १०:५५

वैशाख १२ काठमाडौँ | सरकारका आर्थिक कारोबार आजदेखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ । 

सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै सबै सरकारी कार्यालयका कामकारबाही बिना कागजात सम्पादन गर्ने नीतिअनुरुप सो प्रणालीबाट आर्थिक कारोबार प्रारम्भ भएको हो ।  

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले सो प्रणालीको शुभारम्भ गर्दै सरकारका आर्थिक कारोबारलाई पारदर्शी र सहज बनाउन विद्युतीय प्रणाली प्रारम्भ गरिएको बताउनुभयो । 

निकट भविष्यमा नै राजश्व संकलनसम्बन्धी सबै काम विद्युतीय प्रणालीबाट गरिने छ उहाँले भन्नुभयो । 

अर्थमन्त्री खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सबै निकाय र विभागलाई विद्युतीय कारोबार प्रणालीलाई सुव्यवस्थित तुल्याउन निर्देशन दिँदै आर्थिक कारोबारसम्बन्धी कानून, कार्यविधि र निर्देशिका निर्माणलाई पनि द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले प्रविधिको वर्तमान युगमा प्रविधिमैत्री प्रणाली विकास गर्दै सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै आर्थिक वर्ष २०७५÷७६ सम्ममा देशभरका सरकारी कार्यालयका आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने योजना रहेको जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता