४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा रोजगारको रकम डोजर खरिदमा

१३ बैशाख २०७५, बिहीबार १६:५५

वैशाख १३, कालिकोट | सरकारले कर्णालीका अति विपन्न र गरिब नागरिकहरूको आयआर्जनका लागि सञ्चालनमा ल्याएको ‘कर्णाली रोजगार कार्यक्रम कालिकोटका स्थानीय तहहरूले मनोमानी रूपमा सञ्चालन गर्दै आएका छन्। सरकारले कर्णालीका बेरोजगार विपन्न तथा गरिब नागरिकका लागि आर्थिक वर्ष ०६३÷०६४ देखि सुरु गरेको कार्यक्रमको बजेट लक्षित कार्यक्रममा खर्च नगरी डोजर किनेका हुन्।

कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कर्णाली रोजगार कार्यक्रम निर्देशिका, २०७१ अनुसार विपन्न तथा बेरोजगार परिवारहरूको सामाजिक सशक्तीकरण, आधारभूत पूर्वाधारमा पहुँच र आय–आर्जनका माध्यमबाट जीवनस्तरमा सुधार गरी समाजिक संरक्षण प्रवद्र्धन गर्नु रहेको छ। कर्णाली रोजगार कार्यक्रममा लामो समय काम गरेका एक कर्मचारीका अनुसार गाउँमा गरिब, एकल महिला घरमूली भएका परिवारलाई काममा लगाउने निर्देशिकाको मापदण्डअनुसार कामदार छनोट गरिएका र प्रक्रिया मिलाउन मात्र यस्तो काम गरिएको तर, काम गराउँदा उनीहरूलाई खबर नै नगरेर सिधै डोजरमार्फत सबै स्थानीय तहमा काम भइरहेको तिलागुफा नगरपालिका ३ का रामबहादुर कार्कीले बताए।

‘गरिब जनताका नाममा आएको बजेट पनि डोजर मालिक अन्य ठूलाबडाकै हालीमुहाली भएको छ’ उनले भने, ‘यस्ता गलत क्रियाकलाप कसले रोक्ने?’ तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकालगायतका स्थानीय तहमा डोजरको प्रयोग गरेर कर्णाली रोजगारको कार्यक्रम सञ्‍चालन गर्ने स्थानीयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता