२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

छत्रदेव: खरको छाना रहित बनाउन सुरु गर्ने र गाडी पाउनेमा देशकै पहिलो गाउँपालिका

२०७५, १४ बैशाख शुक्रबार ११:५१

प्रेम सुनार | वैशाख १४, गुल्मी | अर्घाखाँचीको छत्रदेव गाउँपालिका देशमै खरको छाना रहित गाउँ निर्माणको अभियान सुरु गर्ने पहिलो गाउँपालिका बनेको छ ।

आज शुक्रवारदेखि उसले छत्रदेव गाउँपालिका भित्रका कुल ३ सय ३४ वटा खरका छाना भएका जनताको घरमा जस्ता पाता वितरण गर्न सुरु गरेको छ । 

पहिलो दिन आज वडा नम्वर २ साविकका वलकोटबाट जस्ता पाता विरण सुरु गरेको हो । गाउँपालिका प्रमुख लेदनाथ पोखरेल, प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ र वडाध्यक्षहरु सहितका जनप्रतिनीधीहरुले जस्ता पाता वितरण गरेका थिए ।


गाउँपालिका प्रमुख पोखरेलका अनुसार विद्युतिय खरिद प्रकृया अनुरुप सिधै हुलास जस्तापाता कम्पनीले १ करोड १९ लाख ९७ हजार रुपैयाँ वरावरको एकै नासको निलो रंगिन, छत्रदेव गाउँपालिका अंकित छाप, ४६ एमएमको ९ फुटे जस्तापाता उपलव्ध गराएको थियो । 

प्रति घरधुरी ३. २७ वण्डलका दरले वितरण गर्न सुरु गरिएको छ । गाउँपालिका प्रमुख पोखरेलले राष्ट्रिय तथ्याङक विभागले देशका ४ सय ६० गाउँपालिका र २ सय ९३ नगरपालिका खरको छाना रहित कुनै  एउटा पनि स्थानिय तह नभएको पाएको बताए । 


ति मध्ये सवैभन्दा पहिला जस्ता पाता वितरण गर्ने पहिलो स्थानिय तह  छत्रदेव गाउँपालिका हुन सफल भएकोमा आफुहरु गर्वित भएको पोखरेलको भनाई छ । त्यस गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थका अनुसार ३ सय ३४ घरधुरी मध्ये घरका छाना हुनेहरुमा बढि मात्रमा जनजाती समुदाय रहेका छन् । 


दलित ६६ घरधुरी , जनजाती १ सय ६८ घरधुरी, व्राम्हण ६७ घरधुरी , क्षेत्री २० घरधुरी र मुस्लीम ३ घरधुरी रहेको पन्थले जानकारी दिए । 

जनप्रतिनीधीहरुले गत असार १९ गतेका दिन कार्यभार सम्हाल्ने दिने खरका छाना विस्थापित गर्ने घोषणा गरे अनुरुप आफुहरुको उक्त प्रतिवद्धत्ता पुरा गर्न सफल भईएको गाउँपालिका प्रमुख पोखरेलले बताए । 

सरकारी गाडी पाउँने पनि पहिलो गाउँपालिका 


यसैविच सरकारी गाडी पाउने गाउँपालिका पनि छत्रदेव पहिलो गाउँपालिका बनेको छ । अर्थमन्त्रालय, राजश्व विभागले समातेको चोरीको वलेरो जिप छत्रदेव गाउँपालिकालाई हस्तान्तरण गरेपछि सरकारी गाडी पाउने पहिलो गाउँपालिका बनेको हो । कार्यभार सम्हालेदेखि अन्य गाउँ र नगर प्रमुखहरुले मासिक एक लाख सम्मको भाडा दिर्दै गाडी चढिरहेका बेला छत्रदेव गाउँपालिका प्रमुख पोखरेलले आफ्नो निजी स्कुटी चढेर गाउँवासीलाई सेवा दिईरहेको चर्चा देशभर चलेकोले पनि पहिलो प्राथामिकतामा उनि परेका हुन् । 

छत्रदेवले अर्को पृथक पहिचान दिने गरी सामाजिक सुरुक्षा भत्ता पनि वितरण गर्दै आएको छ । हरेको चौमासिकमा स्वास्थ्य शिविर सहितको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम राखेपछि त्यहाँका वृद्ध बृद्धाहरु,  एकल महिला, अपङ्गता भएका मानिसहरुले निशुल्क स्वास्थ्य सेवा समेत पाउँदै आएका छन् । 

काठका पोल हटाउ अभियान पनि सुरु 

सो गाउँपालिकाले काठका पोल हटाउने अभियान पनि सुरु गरेको छ । शुक्रवार मात्रै उसले  ९ सय ६७ थान स्टील पोलका खरिद गरी १ करोड ४३ लाख ४६ हजार रुपैयाँको चेक भुक्तानी दिएको छ । 

एक दिन यति ठुलो रकमको भुक्तानी पनि गाउँपालिकाको यो पहिलो भएको प्रमुख प्रशासकिय अधिकृथ पन्थले जानकारी दिए । यतिले मात्र काठका पोलरहित गाउँपालिका हुने छैन् , थप पोल अर्को आर्थिक वर्षमा खरिद गरिने गाउँपालिका प्रमुख पोखरेलले बताए । 

त्यस गाउँपालिका अन्य उल्लेखनिय कार्यहरु यस प्रकार रहेका छन्

– प्रशासनि चुस्तता, वेलैमा काम, बेलैमा भुक्तानी

– कुल विनियोजित रकम १२ करोड ३७ लाख , ३१ ह्जार 

– हाल सम्म खर्च करिव ५० प्रतिशत 

– गाउँपालिका संग सवै वडा कार्यालयहरुको विद्युति हाँजिर

– सवै विद्यालयहरुमा अग्रेजी माध्यमबाट पठन पाठन सुरु 

–  प्राथामिक विद्यालयहरुको शिक्षकहरुलाई  पेशागत अभिवृद्धिकरण तालिम 

– वालविकास सहजकर्तालाई मन्टेश्वरी तालिम 

– सुख्खा ग्रस्त गाउँपालिका घोषणा 

–  एक दर्जन करिव लिफ्टीङ्ग सिस्टम सहित दुई दर्जन बढि खानेपानी योजना सञ्चालन 

– प्रत्येक वडामा ग्रावेलिङ्ग  गर्ने कार्य तिव्र

–  सोही गाउँपालिका हुँदै जाने तम्घास  सन्धीखर्क मुख्य सडकको स्तरवृद्धि र कालोपत्रे काम तिव्रगतिमा  

– सरसफाई,  वजारीकरण र बैकिङ सुविधा गाउँपालिका कै पहुँचमा 

– गरिवी निवारण सम्वन्धी विभिन्न कार्यक्रम

– कृषि उत्पदनमा बढि जोड 

माथिको तस्वीरमा: शुक्रवार विहानैदेखि वलकोटमा वलजस्ता पाता वितरणमा व्यस्त गाउँपालिका प्रमुख सहितको टोली | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ