७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने

१४ बैशाख २०७५, शुक्रबार १५:४४

वैशाख १४, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयको स्तर उकास्न र गुणस्तरीय विद्यार्थी उत्पादनका लागि नेपाल सरकारले चालु शैक्षिक सत्रदेखि मुलुकभर नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेकोले यसलाई सफल पार्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पनि दायीत्व रहेको बताउनुभएको छ । 

एसओएस वालग्राम अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री ओलीसंगको भेटघाटका क्रममा सरकारको अभिायनमा सघाउनु एसओएस वालग्रामको पनि जिम्मेवारी भएको कुरा औंल्याउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालमा एसओएस वालग्रामले गर्दै आएका कामको प्रशंसा गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

सामुदायिक विद्यालयमा नयाँ विद्यार्थीलाई भर्ना गर्नुमात्रै नभई उनीहरुलाई विद्यालयमा टिकाउनुपनि सरकारको लागि ठुलो चुनौति भएको प्रधानमन्त्रीले बताउनुभयो । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने विषयमा सरकार कटिवद्ध रहेकोले युवा रोजगारीका लागि पनि एसओएस वालग्रामले सघाउनुपर्ने बताउनुभयो ।

प्रतिउत्तरमा एसओएस वालग्राम अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले सरकारले वालवालिका र शिक्षासंग सम्वन्धित अघि सारेका जुनसुकै कार्यक्रममा एसओएस वालग्राम सहयोग गर्न सदैव तयार रहेको जानकारी गराउनुभयो । 


सन् २०१२ देखि एसओएस वालग्राम अन्तर्राष्ट्रियको अध्यक्ष रहनुभएका सिद्धार्थ कौल दुईसाताव्यापी भ्रमणको लागि बिहीबार नेपाल आउनुभएको थियो ।

उहाँले २०७२ बैशाख १२को भूकम्पलगत्तै नेपालका लागि एसओएस वालग्राम अन्तराष्ट्रियबाट १४ मिलियन डलर अर्थात करीव एक अरव ४० करोड रुपैयाँ बराबरको सहयोग नेपालमा ल्याएको बताउँदै एसओएस वालग्रामले भूकम्प पीडितका लागि २ सय ८४ वटा नयाँघर बनाउनेदेखि भत्किएका थुप्रै सामुदायिक विद्यालय बनाउनुका साथै जिर्णाेद्धार कार्य समेत गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो ।

नेपालका वालग्राममा हुर्केका छोराछोरीको लागि पनि रोजगारीको विषय चुनौतिपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष कौलले सरकारले नयाँ योजना सहित स्वदेशमै युवा रोजगारीको कार्यक्रम अघि सारेमा वालग्रामले त्यसमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष कौलले अभिभावक गुमाएका वालवालिकालाई परिवारमा आधारित संरक्षण गर्दै आएको तथा परिवार गुमाउनसक्ने जोखिममा रहेका वालवालिकाका अभिभावकहरुका लागि परिवार सुदृढीकरण कार्यक्रम (फ्यामिली स्ट्रेनथेनिङ्ग प्रोग्राम—एफएसपि)कार्यक्रम मार्फत सहयोग गर्दै आएको बताउादै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।

त्यस अवसरमा अध्यक्ष कौलले प्रधानमन्त्री ओलीलाई एसओएस वालग्राम अन्तर्राष्ट्रियको सांगठनिक संरचना, संस्थाले संसारका १ सय ३५ मुलकका वालवालिकाको उचित रेखदेख, स्याहार, शिक्षादिक्षा र संरक्षणको लागि गर्दै आएको कामबारे जानकारी गराउनुभएको थियो । अध्यक्ष कौलले प्रधानमन्त्री ओलीलाई एसओएस वालग्राम अन्तर्राष्ट्रियको नीतिसम्वन्धि पुस्तिका (केयर प्रोमिस) पनि हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्रीसंगको भेटघाट कार्यक्रममा एसओएस वालग्राम अन्तर्राष्ट्रियका नेपाल प्रतिनिधि रजनिश जैन, एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा.ज्योतिरत्न धाख्वा र राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?