४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले सिण्डिकेट हटाएपछि देशैभरका टिकट काउन्टर बन्द

१५ बैशाख २०७५, शनिबार ०२:००

वैशाख १५, काठमाडौं | यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् । 

टिकट काउन्टर बन्द गरेसँगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन् । बसलाई रुट नम्बर बिनै स्वतन्त्र क्यु फ्रि चल्न छाडिदिएका छन्।

व्यवसायीक सस्थाले सबै गाडीलाई क्यु फ्रि गरेपछि सर्बसाधारणले सहज रुपमा सबै ठाउँमा गाडी पाएका छैनन्। बुटवलको बस पार्क, ट्राफिक चोक, भैरहवाको सुनौली, बसपार्कसहित देशैभरका टिकट काउन्टर बिहानैदेखि खुलेका छैनन्। बसपार्कबाट नियमित छुटने गाडी आफू खुसी छुटेका छन्। कम यात्रु हुने ठाउँमा गाडी गएका छैनन् भने शहरी क्षेत्रमा धेरै गाडी चलेका छन्।

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारको यातायात व्यवस्था मन्त्रालयले गर्नुपर्ने यातायातको आलोपालो व्यवस्था गरेर संघ सस्थाले सहयोग गरिरहेकोमा सरकारले त्यसलाई सिण्डिकेटको संज्ञा दिएर व्यवसायिक संस्था नै खारेज गरेपछि सरकारले नै यातायातको व्यवस्था मिलाओस भनेर क्यु सिट ननिकाली व्यवसायीलाई स्वतन्त्र गाडी चलाउन दिएको बताए।

जसका कारण सडक भरी अस्त व्यस्त रुपमा गाडी गुडेकाले सडक जाम भएर ट्राफिक व्यवस्थापनमा समेत कठिनाई भएको छ। सडक भरी रित्ता गाडी गुडेकाले बुटवल लगाएतका शहर अस्तव्यस्त बनेका छन् । – नेपाल समाचार पत्रबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता