२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले सिण्डिकेट हटाएपछि देशैभरका टिकट काउन्टर बन्द

२०७५, १५ बैशाख शनिबार ०२:००

वैशाख १५, काठमाडौं | यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् । 

टिकट काउन्टर बन्द गरेसँगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन् । बसलाई रुट नम्बर बिनै स्वतन्त्र क्यु फ्रि चल्न छाडिदिएका छन्।

व्यवसायीक सस्थाले सबै गाडीलाई क्यु फ्रि गरेपछि सर्बसाधारणले सहज रुपमा सबै ठाउँमा गाडी पाएका छैनन्। बुटवलको बस पार्क, ट्राफिक चोक, भैरहवाको सुनौली, बसपार्कसहित देशैभरका टिकट काउन्टर बिहानैदेखि खुलेका छैनन्। बसपार्कबाट नियमित छुटने गाडी आफू खुसी छुटेका छन्। कम यात्रु हुने ठाउँमा गाडी गएका छैनन् भने शहरी क्षेत्रमा धेरै गाडी चलेका छन्।

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारको यातायात व्यवस्था मन्त्रालयले गर्नुपर्ने यातायातको आलोपालो व्यवस्था गरेर संघ सस्थाले सहयोग गरिरहेकोमा सरकारले त्यसलाई सिण्डिकेटको संज्ञा दिएर व्यवसायिक संस्था नै खारेज गरेपछि सरकारले नै यातायातको व्यवस्था मिलाओस भनेर क्यु सिट ननिकाली व्यवसायीलाई स्वतन्त्र गाडी चलाउन दिएको बताए।

जसका कारण सडक भरी अस्त व्यस्त रुपमा गाडी गुडेकाले सडक जाम भएर ट्राफिक व्यवस्थापनमा समेत कठिनाई भएको छ। सडक भरी रित्ता गाडी गुडेकाले बुटवल लगाएतका शहर अस्तव्यस्त बनेका छन् । – नेपाल समाचार पत्रबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल