वैशाख १८ काठमाण्डौ | आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ |
सोमबार प्रतितोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सयले घटेर प्रतितोला ५८ हजार ५ सयमा कारोबार भैरहेको छ |
त्यस्तै सोमबार प्रतितोला ५८ हजार ६ सयमा कारोबार भएको तेजावी सुन पनि आज घटेर प्रतितोला ५८ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ |
चाँदी आज प्रतितोला ७ सय ५० मा कारोबार भैरहेको छ | चाँदी सोमबार ७ सय ६० मा कारोबार भएको थियो |