२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौंको वैकल्पिक विमानस्थल नागीडाँडामा, साढे तीन अर्व लागत

२०७५, १८ बैशाख मंगलवार १९:२०

वैशाख १९, काठमाडौँ | काठमाडौंमा हवाई चाप बढेपछी वैकल्पिक विमानस्थलको खोजि भएको छ । यसैको लागि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले मंगलबार बिमानस्थल बनाउन काभ्रेको बिभिन्न स्थानमा अवलोकन गरेको छ । मन्त्री सहितको टोलीले काभ्रेको ठुलीचौर र नागीडाँडा अवलोकन गरेको हो ।


अवलोकन पछि काठमाडौँबाट सबैभन्दा नजिक २५ किलोमिटरको दुरीमा पर्ने नागीडाँडा उपयुक्त हुने पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् । काभ्रेकै ठुलीचौर काठमाडौँबाट टाढा पर्ने भएकाले मन्त्री अधिकारीले नागीडाँडा उपयुक्त हुने राय दिएका हुन् ।


नागीडाँडाबारे यस अघिनै अध्ययन भएको र परामर्शदाताले बुझाएको प्रारम्भिक प्रतिवदेनले नागीडाँडामा विमानस्थल बनाउन उपयुक्त भएको जनाएको थियो । प्रारम्भिक प्रतिवदेन अनुसार नागीडाँडामा बिमान स्थल बनाउँदा कम्तीमा ८ सय मिटर लामो धावन मार्गसहितको विमानस्थल बनाउन सकिनेछ भने बिमानस्थल निर्माण गर्न करिव तीन अर्ब लागत आवश्यक पर्छ । 


प्राविधिकहरुको सल्लाह अनुसार  नागीडाँडा सबैभन्दा उपयुक्त हुने बताउँदै गर्दा अहिलेनै यही स्थानमा बिमान स्थल निर्माण गर्ने बिषयमा भने टुंगो लागिसकेको छैन । यस बिषयलाई निष्कर्षमा पुर्याई बैकल्पिक विमानस्थल निर्माणको लागि मन्त्री अधिकारीले प्राधिकरणका पूर्वइन्जिनियर कमल केसीको संयोजकत्वमा एउटा कमिटी बनाउँदै छन् । सोहि टोलीले लिएको निर्णयको आधारमा मात्रै स्थान तोकेर बिमानस्थल निर्माणको काम सुरु गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर