बैशाख २० काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमयदर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा र विक्रिदर २९ रुपैयाँ ३८ रुपैयाँ छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा र विक्रिदर २७ रुपैयाँ १८ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र विक्रिदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५२ रुपैयाँ ८६ पैसा छ भने विक्रिदर ३ सय ५४ रुपैयाँ ८६ पैसा रहेको छ ।
एक बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ ७ पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ६७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सुचिसहित:-