2026-08-26 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको हाटडाडाँमा आधुनिक बधशाला

चिसाङ शेर्पा | बैशाख २०, खोटाङ | जिल्लाको सदरमुकाम दिक्तेलस्थित हाटडाडाँमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । पुरानो पशु बधशालामा जीप पार्क बनाईएपछि नयाँ पशु बधशाला सञ्चालनमा आएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १९ लाख १५ हजार र हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्रवद्र्धन समितिको ४ लाख ७३ हजार ३४० रुपैयाँ लागतमा निर्माण सम्पन्न पशु बधशालाको मेयर दिपनारायण रिजालले विहीवार बिहान रिबन काटेर उद्घाटन गरेका छन् ।

नगरपालिकाको ८० प्रतिशत तथा टोल पुर्वाधार समितिको २० प्रतिशत लगानीमा गएको फागुन ३ गतेदेखी निर्माण शुरुभई बैशाख १८ गते सम्पन्न बधशालामा पशु बध गर्ने ट्रस भवन, भित्र्यास (लादी) प्वाँख भुत्ला, हाड खोर र रगत जाने बेग्लाबेग्लै तीन कोठे हज, मासु काट्ने चार कोठे आधुनिक भबन, दुई कोठे शौचालय, पानिको सुविधा रहेको हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्रवद्र्धन समिति अध्यक्ष किसन कुमार राईले बताए ।

पशु बधशालालाई खाद्य संस्थानको भवनमा प्रहरीले प्रयोग गरिरहेको पानि लगिनेछ । अध्यक्ष राईले भने, “बधशालामा तत्कालका लागि राँगाको मात्रै बध गरिनेछ । बंगुरका लागि व्यवस्थापन हुदैछ ।”

नगर र हाटडाडाँवासिको लगानीमा निर्माण सम्पन्न आधुनिक बधशालामा मात्र मासु बिक्री वितरण गर्नुपर्ने मेयर रिजालले बताउनुभयो । बधशालाभन्दा बजारको अन्य स्थानमा पशु बध गरेर मासु विक्री गर्न कसैलाई नदिने र गरेमा शक्त कारवाही गरिने बताए । बधशाला निर्माण समितिको उच्च प्रशंसासहित बजार आसपासका एकाध स्थानमा गुणस्तरहिन काम भएको स्वीकार्दै संलग्न जो कोहीलाई कारवाही हुने मेयर रिजालले उल्लेख गरे ।  

माथिको तश्विरमा : हाटडाडाँमा आधुनिक पशु बधशाला उद्घाटन गर्नुहुदै मेयर रिजाल | तस्विर: चिसाङ शेर्पा /साझा सबाल  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग