२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुला प्रदेश नम्बर ७ को ८ औं खुला दिसामुक्त जिल्ला, मुख्यमन्त्री भट्टले गरे घोषणा

२०७५, २५ बैशाख मंगलवार १५:२२

लोकेन्द्र प्रशाद जोशी | बैशाख २५, दार्चुला । दार्चुला देशकै ५२ औ तथा प्रदेश नम्बर ७ को आठौं जिल्लाको रुपमा मंगलबार खुला दिसामुक्त जिल्ला घोषणा गरीएको छ ।

दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान भन्ने उद्घोषका साथ दार्चुलालाई सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भब्य समारोहका बिच खुला दिसामुक्त घोषणा गरेका हुन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आवश्यक सबै पूर्वाधार र सूचकांक पुगेकाले जिल्लालाई क्षेत्रीय खानेपानी तथा सरसफाइ समन्वय समितिको निर्णयअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

 

घोषणा सभामा बोल्दै मुख्यमन्त्री भट्टले खुला दिशामुक्त घोषणामात्र हैन, स्वच्छ वातावरण राख्न पहल गर्नुपर्ने बताउँनुभयो । हामीले खुलादिशामुक्त घोषणा गर्दैमा केहि हुँदैन, मुख्यमन्त्री भट्टले भन्नुभयो, हामीले टोल टोलबाट वातावरण सुधार गर्दै लैजानुपर्छ । मान्छेलाई स्वच्छ राख्नको लागि सरसफाई अनिवार्य चाहिन्छ । उहाँले जिल्लाको निरन्तर सरसफाइको विकास गर्नको लागि सबै नागरिक सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

दार्चुलामा ०६७।०६८ सालदेखि खुला दिशामुक्त अभियान सञ्चालन भएको हो । जिल्लालाइ खुला दिशामुक्त घोषणा गर्न झण्डै ९ वर्ष लाग्यो । २६ हजार २६ घरधुरी रहेको दार्चुलामा २५ हजार ८ सय ४४ घरधुरीमा शौचालय निर्माण गरिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाश बहादुर रावलले बताउनुभयो । यसैगरी जिल्लाका १ सय ८२ घरधुरीमा संयुक्त शौचालय तथा ९ वटा सार्वजनिक शौचालय र ३९ वटा पानी घट्ट सँगै शौचालय निर्माण गरिएका छन् । जिल्लालाई खुलादिशामुक्त घोषणाको लागि तत्कालीन स्थानीय निकायबाहेकका सरकारी तथा गैरसरकारी क्षेत्रबाट १२ करोड ४१ लाख १८ हजार छहत्तर रुपैयाँ खर्चभएको जिल्ला खानेपानी तथा सरसफाई तथा स्वच्छता समन्वय समितिले जनाएको छ । कार्यक्रममा उपस्थित सबैले सन्तती र इष्टकुल देबताको नाममा कहील्लै चर्पी बाहिर दिशा नगर्ने प्रतिबद्धता एबं सपथ समेत लिएका छन । 


जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको अध्यक्षतामा सञ्चालीत खुल्लादिशामुक्त घोषणा कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक योजना तथा पुर्बाधार मन्त्री पठान सिह बोहरा, दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य द्धय गेल्बुसिह बोहरा र मान बहादुर धामी, जिल्लास्थित स्थानिय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत आम सर्बसाधारण सयौ जिल्लाबासिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा राष्ट्यि कलाकार सुरेश शाही, पुष्पा बोहरा, गौरी भट्ट, दीपा रोकाया र रेखा जोशी लगायतले प्रस्तुती राखेका थिए । यसको साथै कार्यक्रममा स्थानीय संस्कृति झल्कने गरी झाकी तथा र्याली, प्रदर्शनी, व्यासी सौका समाजको झाकी, दुहुको सरौ नाँच, लेकमको छलिया, हुड्कयौली नाँच प्रस्तुती गरीएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य र बिभिन्न सास्कृतिक प्रस्तुतीहरु राख्ने सबैले सरसफाइमा ध्यान दिन, नियमित चर्पीको प्रयोग गर्न र चर्पीबाहिर कहिल्लै दिशापिसाब नगर्न आग्रह गरेका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार